दार्चुला । जिल्लाको मार्मा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित २८ दशमलव तीन सय चार मेगावाट क्षमताको मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलन्यास गरिएको छ ।
जलविद्युत् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने लिमिटेडले जनाएको छ । तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत छ खर्ब २३ करोड ६२ लाखभन्दा बढी रहेको आयोजनाका सञ्चालक गुरु न्यौपानेले जानकारी दिए ।
शेरीबाट आठ दशमलव पाँच किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ ।
FACEBOOK COMMENTS