काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७५ औँ बार्षिकोत्सवका अवसरमा चेम्बरको सुदूरपश्चिम प्रदेशले ७५ वृक्षारोपण गरेको छ । अत्तरियाको गोदावरी नगरपालिका– २ शान्ति टोल स्थित शान्ति ग्रीनपार्कमा ७५ वटा फूलका बिरुवा रोपिएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका–१३ स्थित पाहुना घर तथा होमस्टेकी सञ्चालिका करुणा चोैधरी र धनगढी उपमहानगरपालिका– ५ तारानगरमा रहेको जगदम्बा बहुउद्देश्यीय नर्सरीका सञ्चालक तथा पुष्प व्यवसायी कृषक समूह धनगढीका अध्यक्ष बलदेव प्रसाद भट्टलाई ७५÷७५ वटा फूलका बिरुवा वितरण गरिएको छ ।
उक्त बिरुवा चेम्बरका प्रदेशका अध्यक्ष विनोद मल्लले हस्तान्तरण गरेको चेम्बरका प्रदेश महासचिव रविन भट्टले बताए ।
हीरक जयन्तीको अवसरमा कैलाली चेम्बर अफ कमर्स, धनगढी उपमहानगर पालिका चेम्बर अफ कमर्स, गौरीगंगा चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्स र प्रदेश युवा चेम्बरले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा वृक्षारोपणका साथै फुलको बिरुवा रोपेको कुरा महासचिव भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशका व्यवसायीक मुद्दाहरूलाई चेम्बरले सरोकारवाला पक्षसँग वकालत गर्दै आएको छ । पर्यटन प्रबद्र्धनका साथै व्यवसायी र सुदूरपश्चिम प्रदेशका उत्पादन बस्तुहरूको प्रवद्र्धन गर्दै सुदूरपश्चिममै उब्जाउने, सुदूरपश्चिमकै खाने, सुदूरपश्चिममै बनाउने, सुदूरपश्चिमकै लगाउने र समृद्ध सुदूरपश्चिम बनाउने अभियान सँग सहकार्य गरी कार्यक्रम गर्दै आएको सुदूरपश्चिम प्रदेश चेम्बरका महासचिव भट्टले बताए ।
FACEBOOK COMMENTS