काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ‘चेम्बर एक्सपो, २०२४’ले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरू भएको एक्सपोलाई सम्बोधन गर्दै उनले विद्यमान कठिन आर्थिक परिस्थितिकाबीच एक्सपो आयोजना गरिएको चर्चा गर्दै एक्सपोले समस्यामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउने बताएका हुन् ।
‘कठिन आर्थिक परिस्थितीकाबीच अर्थतत्त्र चलायमान एवम् व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको हो,’ उनले भने, ‘मुलुकको अर्थतन्त्र सुस्त ढंगले अगाडि बढिरहेको छ, लगानीको वातावरण सृजना हुन सकेको छैन । एक्सपोबाट आर्थिक गतिविधि केही बढ्ने अपेक्षा गरेका छौं ।’
कृषि र हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन एवम् साना व्यवसायीहरुको आर्थिक गतिविधि विस्तार गर्नका लागि एक्सपो आयोजना गरिएको अध्यक्ष मल्लको भनाइ छ । एक्स्पोमा राखिएका अन्तर्राष्ट्रिय वस्तुको फिर्ती प्रक्रियालाई सहज बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
‘नेपाल चेम्बर एक्स्पो २०२४’ भृकुटीमण्डपमा सुरू, श्रममन्त्री अर्यालले गरे उद्घाटन
FACEBOOK COMMENTS