काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले काठमाडौँको पद्मकन्या मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।
मतदानपछि अध्यक्ष अग्रवालले आफ्नो मत परिवर्तन, पारदर्शिता र प्रगतिका लागि रहेको बताएका छन् ।
उनले आफ्नो मत केवल नेतृत्व चयनका लागि मात्र नभई समृद्ध र आत्मनिर्भर नेपालको सपना साकार पार्ने उद्देश्यका लागि भएको उल्लेख गरे।
उनका अनुसार नागरिकको मतले देशको भविष्यको दिशा तय गर्ने भएकाले सबै मतदाताले जिम्मेवार ढंगले मतदान प्रक्रियामा सहभागी हुनुपर्ने आवश्यकता रहेको छ।
उनले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण रहेको पनि बताए।

FACEBOOK COMMENTS