काठमाडौं । नेपाल महिला चेम्बरअफ कमर्शले नेपालको नं १ व्युटि सैलुन फेसियल हाउसको सहकार्यमा व्युटिसियन सम्बन्धी महिलाहरूलाई एक हप्ते तालिम शुरु गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरी चेम्बर र फेसियल हाउसले उक्त तालिम शुरु गरेको हो । कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सकी कार्य समिति सदस्य एवम् महिला चेम्बरकी महासचिव लिमा अधिकारीले महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले यस्ता किसिमका तालिम दिदै आएको बताएकी छन् ।
दशैँ लक्षित गर्दै महिलालाई सिप प्रदान गर्ने उदेश्यले उक्त तालिमको आयोजना गरिएको अधिकारीले जनाएकी छन् । महिला चेम्बरले वर्ष भरी नैै विभिन्न विधामा ट्रेनिङ दिने बताइएको छ ।
त्यस्तै फेसियल हाउसकि प्रबन्धक निर्दैशक शुष्मा महराले चेम्बरसँग सहकार्य गरेर तालिम सञ्चालन गर्न पाउँदा खुसि ब्यक्त गरिन् ।
यस तालिम अन्तर्गत ईच्छुक महिलाहरुले फेसियल हाउस आई तालिम लिन सक्ने छन् । महराले यस्ता खालका सिपमुलक तालिमले महिलाहरु सक्षम हुनुका साथै आत्मनिर्भर हुने बताइन् । व्युट्रिसियन तालिमले देशमा नै रोजगारको सिर्जना गर्न सके देशको अर्थतन्त्रलाई सहयोग पुग्ने विश्वास समेत महराले व्यक्त गरीन् ।
त्यसो त चेम्बरले यस अघि पनि १० दिने बेकरी तालिम , मैनबैत्ती बनाउने जस्ता थुप्रै तालिम सम्पन्न गरिसकेको छ ।
FACEBOOK COMMENTS