काठमाडौ । नेपाल चेम्बर अफ कमर्सले रसुवाका प्रभावित तथा आवश्यकतामा रहेका परिवारका लागि विभिन्न राहत तथा अत्यावश्यक सामग्री सहयोग गरेकोे छ ।
राहत सामाग्रीमा बिस्कुट, स्यानिटरी प्याड, ब्ल्याङ्केट, तन्ना, साना बालबालिकाका जुत्ता लगायतका अत्यावश्यक सरसामान रहेका छन् ।
चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रुपका सिईओ रजुल श्रेष्ठले ग्रुपका उत्पादनसहित चेम्बरमा संकलित सहयोग सामाग्री लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबका प्रतिनिधीलाई हस्ताण्तरण गरेका हुन् ।
“स्थानीय संस्था तथा युवाको सहकार्यमा सामग्री सम्बन्धित प्रभावित तथा आवश्यकतामा रहेका परिवारसम्म पुर्याउने व्यवस्थासहित लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबमार्फत वितरण तथा समन्वय हुने गरी उक्त राहत सामाग्री रसुवा पठाइएको हो” श्रेष्ठले भने ।
त्रिशूली हुँदै रसुवा पठाइएको राहत सामग्री सम्बन्धित स्थानीय संस्था तथा स्वयंसेवकहरूको समन्वयमा आवश्यकताका आधारमा प्रभावित परिवारसम्म पुर्याइने उनले जनाए । प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर सहयोग पठाइएको श्रेष्ठले बताए ।