काठमाण्डौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा आजदेखि प्रथम चमेरे गुफा महोत्सव सुरु भएको छ ।
चमेरे गुफाको संरक्षणसँगै प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चमेरे गुफा महोत्सवको आयोजना गरिएको हो ।
यही मङ्सिर २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा खेलकुदलगायतका विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।
उक्त महोत्सव चमेरे गुफा पर्यटकीयय संरक्षण तथा संवद्र्धन नव जागृति समूहले आयोजना गरेको हो ।
महोत्सवमा फुटबल प्रतियोगिताका साथै विभिन्न सांस्कृतिक कार्यक्रम हुने आयोजकका अध्यक्ष अबिचन्द्र लिम्बूले जानकारी दिए ।
यस्तै महोत्सवमा चमेरे गुफाको अवलोकन गर्न पाइनेछ । यहाँस्थित चमेरे गुफा वर्षौं पुरानो हो ।
यस गुफामा सयौँको सङ्ख्यामा चमेरा देख्न पाइने स्थानीयवासीले बताएका छन् ।
सुरुम्खिमस्थित अम्बाटार बस्ती नजिकै रहेको चमेरे गुफाको अवलोकनका लागि आवश्यक संरचना र बस्तीदेखि त्यहाँसम्म जानका लागि व्यवस्थित पैदल मार्गको निर्माण गर्न आवश्यक भएको स्थानीयवासी बताउँछन् ।
भौतिक संरचनाको निर्माणसँगै गुफाको प्रचार–प्रसार गरी यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन सरोकारवालासमक्ष स्थानीयवासीले आग्रहसमेत गरेका छन् ।
FACEBOOK COMMENTS