काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हावाहुरीसम्बन्धी अद्यावधिक सूचना जारी गर्दै आज मधेस प्रदेशसहित कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा करिब ५० देखि ६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्ने अनुमान गरिएको छ ।
यसका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको विभागले जनाएको छ । सम्भावित क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
विभागले उक्त प्रणालीको निरन्तर निगरानी गरिरहेको र अवस्था अनुसार नियमित रूपमा थप सूचना अद्यावधिक गरिने जनाएको छ । साथै सबैलाई समय–समयमा जारी हुने मौसमी जानकारी लिन पनि आग्रह गरिएको छ ।
FACEBOOK COMMENTS