काठमाडौं । आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच सर्वोच्च अदालत परिसरमा आज पनि भाडभैलो भएको छ। कानुन व्यवसायी धर्नामा बस्न सर्वोच्च परिसरमा जान खोजेपछि प्रहरीले उनीहरुलाई रोक्न खोज्दा ठेलमठेल भएको छ ।
पहिला धर्ना बसिरहेको स्थलमा कानुन व्यवसायी जान खोजेपछि प्रहरीले आज उक्त क्षेत्रमा घेरा हाली जान रोक लगाएको छ । कानुन व्यवसायील आफूहरुको आन्दोलन शान्तिपूर्ण भईरहेको र नियमित रुपमा धर्नामा बसेको स्थानमा जान दिन प्रहरीलाई आग्रह गरे पनि प्रहरीले जान दिएको छ ।
बिहीबारको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानुन व्यवसायी घाइते
भएका छन् । यस्तै हो भने पनि आज पनि धकेलाधकेल हुने देखिएको छ । तर, प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु भने आजबाट नियमित इजलासमा फर्कने भएका छन्।
FACEBOOK COMMENTS