काठमाडौं । भित्रका कालोकोट लगाउनेले सेतोपट्टी लगाउने कालोकोटलाई बारमा पस्न रोक लगाएर स्वयंको बेइज्जत गरेका छन् । यसले बारको नेतृत्व कमजोर भएको पुष्टि भएको छ ।
स्वतन्त्र कानून व्यवसायीहरु आफूलाई बारको कार्यालयमा पस्न रोक लगाएकोमा आक्रोशित भएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको बारमा मनोमानी बढेको र उनकै निर्देशनमा बारको कार्यालयमा पस्न नपाएको गुनासो अधिवक्ता भूमिनन्द चुँडालले गरेका छन् ।
अध्यक्ष श्रेष्ठलाई ज्ञापन पत्र बुझाउन गएका स्वतन्त्र कानून व्यवसायीलाई उनले गेटभित्र प्रवेश गर्न नै दिएनन् । नेपाल बारको आन्दोलनका कारण सर्वोच्च अदालत ठप्प हुँदा जनताले न्याय नपाएको भन्दै दवाव स्वरुप स्वतन्त्र कानून व्यवसायीले बारलाई ज्ञापन पत्र बुझाउन खोजेको थियो ।
तर, बारका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सफल हुन नदिने यो अनौठो षड्यन्त्र रहेको स्वतन्त्र कानून व्यवसायीहरु बताउँछन् । बारका पदाधिकारीले अब आईतबार दिउँसो ३ बजे भेट्ने समय तोकिदिएका तर आजको जस्तै दुर्यव्यवहार भएमा अब चुप नबस्ने चेतावनी कानुन व्यवसायीको रहेको छ ।
बार कसैको पनि पेवा,दाईजो नभएको र बारमा सबै कानुन व्यवसायीको परिश्रम परेको यदि बारका वरिष्ठहरुले आफ्नो पेवा सम्झिने हो भने त्यसको परिणाम नकारात्मक हुने अधिवक्ता त्रिलोक बहादुर चन्द बताउँछन् ।
बारमा दिनदिनै दादागिरी बढेको र गेटबाट प्रबेश गर्न रोक लगाएकोमा अब झन् बारलाई स्वस्थ र शुद्ध बनाउन नयाँ ढंगले नै आन्दोलन गर्नु पर्ने बेला आएको कानुन व्यवसायीहरुको रहेको छ ।
गोला प्रथा लागु भएपछि पनि अदालतमा अवरुद्ध गरिनु गलत भएको विचार सर्वसाधारणको रहेको छ । हड्ताली न्यायाधीशहरुविरुद्ध कडा असन्तुष्टि सेवाहग्राहिको रहेको छ । बेन्च बस्न नभ्याउने भए के दिनभरि उठेरै बसे ? आफ्नो बेन्चमा बस्न नि नसक्ने कस्तो श्रीमानहरु ? भन्दै अधिवक्ता भूमिनन्द चुँडालले बारलाई प्रश्न गरेका छन्।
FACEBOOK COMMENTS