काठमाडौं । स्वतन्त्र कानून व्यवसायीहरूले नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको राजीनामा माग गरेका छन् ।
आइतबार बार कार्यालयमै गएर ज्ञापनपत्र बुझाउँदै स्वतन्त्र कानून व्यवसायीहरूले अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेका हुन् ।
बारको आन्दोलनका कारण सर्वोच्च अदालत लामो समयदेखि ठप्प रहेको भन्दै श्रेष्ठको राजीनामा माग गरिएको हो ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको राजीनामा माग्दै बारले गरेको आन्दोलनका कारण सर्वोच्च लामो समयदेखि ठप्प छ । जसका कारण नागरिक न्याय पाउनबाट बञ्चित भएका छन् ।
स्वतन्त्र कानून व्यवसायीहरूले पहिलेदेखि नै सेतोपट्टी बाँधेर बारको आन्दोलनविरुद्ध आन्दोलन गर्दै आएका थिए । उनीहरूले आन्दोलन गरेर न्याय पाउनबाट जनतालाई बञ्चित नगर्न बारलाई आग्रह गर्दै आएका छन् ।
FACEBOOK COMMENTS