काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन् । शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको ३४औं वाषिर्क साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड(१९ को महामारीबाट थला परेको व्यवसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि तत्काल पहल लिन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई आग्रह समेत गरे ।
‘विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड(१९ को महामारीबाट सिथिल रहेको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा रहेको थियो, तर अहिले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ’ उनले भने, ‘यसलाई तत्काल समाधान गरिएन भने यसले ठूलो र दीर्घकालीन समस्या पुर्याउनेछ ।’
FACEBOOK COMMENTS