काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विकासका लागि आन्तरिक लगानी प्रवद्र्धनमा जोड दिन आग्रह गरेका छन् ।
कीर्तिपुरमा सोमबार आयोजित स्थानिय सरकारसँग साझेदारी साक्षात्कार कार्यक्रम एवं नव निर्वाचित नगरप्रमुखको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ढकालले वैदेशिक लगानीका स्रोतहरु खुम्चिएको अवस्थामा तीनै तहका सरकारले आन्तरिक लगानी प्रवद्र्धनलाई जोड दिनुपर्ने बताए ।
“ देशको समृद्धीका लागि पूर्वाधार विकास पहिलो प्राथमिकता हो । तर अहिले प्रत्यक्ष वैदेशिक लगानीका स्रोतहरु कम हुँदै गएका छन् । यो अवस्थामा आन्तरिक लगानी प्रर्वद्धन गर्नुको विकल्प छैन् । यसको लागि तिनै तहको सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु पर्दछ ” उनले भने ।
कीर्तिपुर नगरपालिका काठमाडौं उपत्यकाको एक ऐतिहासिक, शैक्षिक , सांस्कृतिक र धार्मिक महत्व बोकेको नगरपालिका भएको उल्लेख गर्दै उनले यहाँको पर्यटन र कृषिबाट फाइदा दिन सक्नु पर्ने धारणा राखे ।
स्थानीय सरकार र उद्योग वाणिज्य संघहरूले स्थानीय स्तरमा उपलब्ध स्रोतहरूलाई आधार बनाएर उद्यमहरू स्थापना गर्न प्रोत्साहन दिन सक्ने उल्लेख गर्दै अध्यक्ष ढकालले व्यवसायमा दिगोपनका लागि स्थानीय स्रोत साधनको प्रयोगमा जोड दिन आग्रह गरे ।
FACEBOOK COMMENTS