काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक समितिबाट चन्द्रप्रसाद ढकालले राजीनामा दिएका छन्।
ढकालले दिएको राजीनामा मंगलबार निफ्राको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।
उनले कार्यव्यस्तताको कारण देखाउँदै बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन्।
ढकाल ग्लोबल आईएमई बैंकको पनि अध्यक्ष छन् भने यसै महिनाको अन्त्यबाट नेपाल उद्योग वाणिज्य महासंघजको अध्यक्ष हुँदै छन् ।