काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट बैंकले चाहेमा तीन महिनाभित्र अर्थतन्त्र लयमा फर्किने दावी गरेका छन् ।
मंगलबार महासंघको ५७औं बार्षिक साधारणसभामा बोल्दै उनले विगतमा लिएका कतिपय नीतिका कारण अर्थतन्त्रमा संकट आएको बताए ।
उनले भने, ‘अर्थतन्त्रको अवस्था भयावह हुनुअघि नै सकारात्मक पहल थाले समाधान निस्कने छ । हामीले केहि नीतिगत काम गरे केही महिनामै अर्थतन्त्र लयमा फर्किने थियो । राष्ट्र बैंक र सरकारले केही सहजीकरण गरे समस्या समाधान हुने थियो । ’
महाधिवेशनपछि महासंघको अध्यक्षमा बढुवा हुन लागेका ढकालले सरकार, नियामक र निजी क्षेत्रबीच बृहत्त बिमर्श गरेर समाधान निकाल्न सकिने बताए।
FACEBOOK COMMENTS