काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको माग एकै खाले हुने भएका कारण तीन वटै संस्थाले सामुहिक रुपमा मौन्द्रीक नीतिका लागि सुझाव दिएको बताएका छन् ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिन आज राजधानीमा आयोजित कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको बजेटको लक्ष्य पूरा गर्न आउने मौद्रिक नीति खुकुलो हुनुपर्ने बताए । कसरी मौद्रिक नीति खुकुलो बनाउन सकिन्छ भन्ने सुझाव तीन वटै संस्थाले समुहिक रुपमा दिएको बताए ।
उनले सुझावका क्रममा आधारदर घटन माग गरेको बताए । बैंकिङ प्रणालीमा ४ खर्ब अधिक तरलता हुँदा पनि कर्जा विस्तार हुन नसकेको भन्दै ढकालले केही समयका लागि आधारदर घटाउन आग्रह गरे ।
ढकालले अहिले बजारबाट पैसा नउठ्दा समस्या सृजना भएको उनले बताए । वर्किङ क्यापिटल गाईडलाईनमा संशोधन गर्न उनले आग्रह गरे ।
FACEBOOK COMMENTS