काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल उद्योगी व्यवसायी र विद्युत प्राधिकरणबिच भएको समस्यालाई समाधान गर्न सम्पूर्ण निकायले पहल गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नाडा अटो मोबाईल एशोसिएसन अफ नेपालको ४७औं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् । अहिलेको समस्या लामो समयदेखि चलेको भन्दै यो समस्या समाधान गर्न न्यायिक समिति बनाउन आवश्यक रहेको बताए ।
उनले तत्काल न्यायिक समिति छिटो समस्या समस्या समाधान गर्नु आग्रह गरे । यो समस्या समाधान नभए विकराल रूप लिने उनको दाबी छ ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अटो मोबाइल क्षेत्रमा सुधार आएको बताए । अटो मोबाइल क्षेत्र चलाएमान बनाएर अर्थतन्त्र चलाएमान हुने बताए । अर्थतन्त्र चलाएमान हुन थप काम गर्नु पर्ने उनको तर्क छ । उनले नेपालमा लगानी गर्न कानुन संशोधन आवश्यक रहेको उनको धारणा छ ।
कार्यक्रमममा उद्योग वाणिाज्य महासंघ वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा विद्युतीय सवारी साधनको डम्पिङ साइड बन्ने बताए ।
उनले भने,’सवारीसाधन नेपालमा नै उत्पादन गर्न नाडाले पहल गर्नुपर्छ । अटोमोबाईललक्षेत्रलाईफल्न फुल्न दिए आर्थिक समृद्धि हुन्छ । सवारी साधन विलासिताको वस्तु हैन । त्यसै कर घटाउनु पर्छ। नेपालमा नै पाट्स बनाउन नाडा अगाडि बढ्नु पर्छ । विद्युत् गाडीमा प्रयोग हुने ब्याट्री रि युज गर्ने प्रविधि नेपालमा नलाय नेपाल ईभि गाडीको डम्पिङ साईड बन्छ ।’
FACEBOOK COMMENTS