काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्र ढकालले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रका धेरै विषयहरूलाई समेटेको बताएका छन् ।
आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि प्रारम्भिक टिप्पणी गर्दै अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले गत असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको र सोही अनुरूप नयाँ चरणको सुधार र आयोग बनाउने सरकारको घोषणा सकारात्मक रहेको भन्दै अध्यक्ष ढकालले बजेटप्रति सकारात्मक टिप्पणी गरेका हुन् ।
यस्तै, महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने विषय बजेटमा समेटिनुलाई पनि आफूले सकारात्मक रूपमा लिएको उनले बताएका छन् । यसैगरी, कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय, पर्यटनमा वैवाहिक पर्यटन (एमआईईसी) र हिल स्टेशन विकास गर्ने विषय तथा सूचना प्रविधि र स्टार्ट–अपमा केही सहुलियत र विस्तारका योजना आउँदा निजी क्षेत्र खुसी भएको उनको भनाइ छ ।
‘निजी क्षेत्र प्रवर्द्धन जुन महासंघको सधैंको माग थियो त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ । यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६% को आर्थिक वृद्धिको लक्ष्य समेत हासिल गर्न सम्भव पनि छ,’ अध्यक्ष ढकालले भने, ‘बाँकी राजस्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने छ ।’
आगामी आर्थिक वर्षका लागि आयो १८ खर्ब ६० अर्ब ३१ करोडको बजेट (पूर्णपाठ)
FACEBOOK COMMENTS