काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेको छ ।
हिजो मंगलबार गभर्नर नियुक्त भएका पौडेललाई महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले आज बुधबार राष्ट्र बैंकमै गएर भेट गरेको हो ।
भेटमा अध्यक्ष ढकालले लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक रहेको बताए भने गभर्नर पौडेलले नीतिगत स्थायित्वलाई आफूले प्राथमिकतामा राखेको विश्वास व्यक्त गरेका छन् ।
महासंघको प्रतिनिधिमण्डलले गभर्नर पौडेललाई सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाई तत्काल लागू गर्नुपर्ने, साना तथा मझौला उद्यमीलाई पुनर्कजा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने तथा परियोजनाको सम्भाव्यताको आधारमा परियोजना कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएको छ ।
FACEBOOK COMMENTS