काठमाडौं । ३० वर्षे सेवा अवधिका कारण आजदेखि अवकाशमा गएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो ।
यस्तै, काठमाडौं उपत्यकाबाहिर जानसमेत खापुङले आयोगको स्वीकृति लिनुपर्ने गरी सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन् ।
खापुङलाई भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझका लागि कुनै पनि समयमा आयोगमा उपस्थित गराउनु पर्न सक्ने भएकाले सो निर्णय गरिएको आयोगले जनाएको छ ।


FACEBOOK COMMENTS