काठमाडौं । चाङ्गान नेभो क्यू०५ चितवनमा सार्वजनिक गरिएको छ ।
एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालिअन्तर्गत चितवन क्षेत्रका निम्ति अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रालिले नयाँ विद्युतीय एसयूभी नेभो क्यू०५ सार्वजनिक गरेको हो ।
कम्पनीले नेभो क्यू०५ को अल्ट्रा भेरियन्टलाई विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँमा बजारमा ल्याइएको जनाएको छ ।
ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म चितवनको रिजालचोकस्थित दीपल शो रुममा आयोजना हुने विशेष टेस्ट ड्राइभमार्फत गाडीको प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।
चाङ्गान नेभो क्यू०५ कम्प्याक्ट विद्युतीय एसयूभी हो । यसले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘ए क्लास अबभ’ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

परिवारको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको क्यू०५ ले कम्प्याक्ट बाहिरी आकारसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्छ ।

यसको दुई हजार ७३५ मिलिमिटरको ह्वीलबेस र ८६.६ प्रतिशत केबिन स्पेस उपयोगिताले यात्रुलाई पर्याप्त स्थान उपलब्ध गराउने कम्पनीको दाबी छ । पछाडिको सिटमा तीन वयस्कले समेत आरामदायी रूपमा यात्रा गर्न सक्ने बताइएको छ ।
पछाडिको सिटब्याकमा २८ र ३३ डिग्रीका दुई रिक्लाइनिङ पोजिसन उपलब्ध छन् । सिटमा एर्गोनोमिक नौ तहको निर्माण प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
क्यू०५ मा ५४० लिटरको डुअल–लेभल बुट, ९० लिटरको लुकेको भण्डारण र २९ व्यावहारिक स्टोरेज स्पेस छन् । यस्तै, ६७ भन्दा बढी साउन्ड इन्सुलेसन तथा न्वाइज रिडक्सन पोइन्ट छन् । चयनित भेरियन्टमा १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ तथा पावर्ड सनसाइड समेत उपलब्ध छ ।
क्यू०५ को डिजाइन चाङ्गान ग्लोबल डिजाइनका उपाध्यक्ष तथा पूर्वफक्सवागन समूहका डिजाइन प्रमुख क्लाउस जाइसियोराको नेतृत्वमा विकास गरिएको कम्पनीले जनाएको छ । यसको विकासमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन व्यवसायी सहभागी भएका बताइएको छ ।
फुगुआङ डिजाइन फिलोसफीबाट प्रेरित क्यू०५ ले सन्तुलित अनुपात, आत्मविश्वासी रोड प्रेजेन्स र ०.२६५ सीडी ड्र्याग कोएफिसियन्टसहितको एरोडायनामिक प्रोफाइल प्रस्तुत गर्छ । २०२६ गोल्डेन ए डिजाइन अवार्ड विजेता क्यू०५ मा डिजिटल विङ २.० फुल–वाइड्थ लाइटिङ सिग्नेचर, स्टार–रिङ म्याट्रिक्स एलईडी टेललाइट्स तथा प्रिमियम सेमी–हिडन डोर ह्यान्डल्स रहेका कम्पनीले जनाएको छ ।
प्रविधितर्फ क्यू०५ मा सीएटीएल ब्याट्री सेललाई चाङ्गानको गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधिसँग एकीकृत गरिएको छ । यसको ३सी फास्ट–चार्जिङ प्रणालीले उपयुक्त अवस्थामा ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।
१२० किलोवाटको विद्युतीय मोटरबाट सञ्चालित क्यू०५ ले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा हासिल गर्न सक्ने बताइएको छ । क्यू०५ ले डब्ल्यूएलटीपी परीक्षणअन्तर्गत ४०५ किलोमिटरको रेन्ज प्रदान गर्छ । यसको ऊर्जा खपत १२.९ किलोवाट घण्टा प्रति १०० किलोमिटर रहेको कम्पनीले जनाएको छ ।
क्यू०५ को प्रविधि प्याकेजमा १४.६ इन्चको १०८०पी टचस्क्रिन, अटोमोटिभ–ग्रेड एमटीके८६७५ ७–न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोलगायत सुविधा छन् । भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर–असिस्टेन्स फङ्सन तथा ५४० डिग्री प्यानोरामिक भ्यूइङ सिस्टम समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, नेभो क्यू०५ ले पछिल्लो पाँच महिनादेखि चीनमा आफ्नो सेग्मेन्टको नम्बर एक एसयूभीका रूपमा स्थान कायम गर्दै आएको छ । नेपालमा यसको सार्वजनिकसँगै चितवन क्षेत्रका ग्राहकले टेस्ट ड्राइभमार्फत गाडीको डिजाइन, कम्फर्ट र प्रविधिको प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।