काठमाडौं । आन्तरिक राजस्व विभागले आम व्यवसायी करदातालाई राहत मिल्ने गरी ई–टीडीएससम्बन्धी हालको प्रणालीमा परिवर्तन गरेको छ ।
कर कार्यालय धाएर ई–टीडीएस गर्नुपर्ने झन्झट हटाएर आफैले ई–टीडीएस गर्न सक्ने गरी विभागले नयाँ प्रणाली लागू गरेको हो ।
विभागका अनुसार अब विथहोल्डिङ एजेन्ट (टीडीएस काट्ने कम्पनी) ले विथहोल्डी (टीडीएस काटिने) को प्यान नम्बर पेश गर्न सक्नेछ । यसअघि ई–टीडीएस गर्न कर कार्यालयमा विथहोल्डिङ एजेन्टले निवेदन दिनुपर्थ्यो । ई–टीडीएस समयमा नहुँदा विथहोल्डीहरूलाई समयमा कर विवरण बुझाउनसमेत समस्या रहेको थियो ।
विभागले यो समस्या समाधान गर्न प्रणाली परिवर्तन गरेको आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताएका छन । के हो टीडीएस प्रणाली र विद्यमान समस्या ?
हरेक दिन कम्पनीहरूले टीडीएस गरेका हुन्छन्, जसले कम्पनीलाई पैसा पठाउनुपर्ने हुन्छ टीडीएस काटेर पैसा पठाएको हुन्छ । सरकारलाई कम्पनीहरूले विवरण बुझाउँदा विभिन्न समयमा भएको आम्दानी, टीडीएस बुझाउनुपर्ने हुन्छ । अहिले खासगरी टीडीएस समयमै बिल काटेको निकायले नबुझाइदिने समस्या छ ।
करदाता कार्यालयमै दर्ता भएको निकायले टीडीएस नबुझाइदिँदा कम्पनीमाथि सरकारले दबाब दिने तर सम्बद्ध निकायमा भने नदिने गर्दै आएको थियो । सम्बद्ध बिलदाताले समयमै टीडीएस नबुझाइदिँदा उल्टै बिल काट्ने कम्पनीलाई सरकारले जरीवाना तिराउँदै आएको थियो । अब भने टीडीएस समयमै नबुझाउने सम्बद्ध कम्पनीलाई नयाँ व्यवस्थाले जवाफदेही बनाउने आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS