भक्तपुर । चाँगुनारायण नगरपालिका–३ झौखेल वडाले नागरिकलाई स्वास्थ्यदेखि पशु बीमासम्ममा शतप्रतिशत अनुदान दिएको छ ।
नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्योउने र पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम लागू गरेको नगरपालिकाले बताएको छ । नगरपालिकाले नगरभरिका सबै नागरिकलाई स्वास्थ्य उपचारमा पहुँच पुर्योउन ५० प्रतिशत अनुदान प्रदान गरेको छ ।
झौखेलले नगरपालिकाबाट आएको ५० प्रतिशत अनुदानमा अर्को ५० प्रतिशत वडाको अन्य बजेटबाट मिलान गर्दै वडाका सबै नागरिकलाई शतप्रतिशत अनुदान प्रदान गरेको छ।
FACEBOOK COMMENTS