काठमाडौं । मानव अधिकारकर्मी चरण प्रसाईंले जेन्जी आन्दोलनका क्रममा सुरक्षा घेराभित्र राखिएको भनिएका पूर्वप्रधानमन्त्रीहरूको अवस्था सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
आन्दोलनका क्रममा सुरक्षा दिन भन्दै सेनाले आफ्नो नियन्त्रणमा राखेको भनिएका काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र बाहालवाला मन्त्रीहरूको अवस्था सार्वजनिक गर्नुपर्ने उनले बताएका हुन् ।
‘दुई–दुई पटक किड्नी फेरेका प्रधानमन्त्री नियमित औषधि सेवन गर्नुपर्ने व्यक्ति हुन्, उनी कहाँ छन् सबैले जान्न पाउनुपर्छ,’ उनले भने ‘निजी डाक्टरलाई समेत भेट गर्न नदिइएको सूचना छ, यस्तो मानवअधिकारविरोधी हर्कत कसैले पनि देखाउन हुँदैन ।’
सेनाले द्वन्द्वकालमा धेरै व्यक्तिहरू नियन्त्रणमा लिएर वेपत्ता पारेको घटना स्मरण गर्दै पूर्वप्रधानमन्त्रीहरूको अवस्थाबारे सबैले जानकारी पाउनुपर्ने जिकिर गरेका छन् । ‘हामी सबैले थाहा पाउनुपर्छ, सञ्चारविहीनतामा राख्न हुँदैन र सबैको व्यक्तिगत मानवअधिकार हुन्छ,’ उनले भने ।
साथै उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथिमो सांघातिक आक्रमण पनि गलत रहेको तर्क गरेका छन् । ‘गल्ती गरेकै भए पनि कानुनी कठघरामा उभ्याउनपर्छ कसैलाई सांघातिक आक्रमण गरे उनसले गरेको गल्तीको सजाय पाउन सक्दैन,’ प्रसाईंले प्रश्न गर्दै भने, ‘उनले उपचार पाएका छन् कि छैनन् ?’
अन्यथा भावी दिनमा जसले जे गर्दा पनि जायज हुन्छ भन्ने भाष्य निर्माण भएर नेपाली समाज गम्भीर अपराध र असुरक्षातर्फ उन्मुख हुने भनाइ उनको छ । जसले जे गर्दा पनि जायज हुन्छ भन्ने सन्देश जान नदिन पूर्वप्रधानमन्त्रीहरूको वास्तविक स्थिति सार्ववजनिक गरिनुपर्नेमा उनको जोड छ ।
प्रधानसेनापति सिग्देल फेरि पुगे शीतल निवास, आजै निकास निकाल्नेगरी छलफल जारी
FACEBOOK COMMENTS