काठमाडौं । ६ केजी चरेससहित एक जना महिलालाइृ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा थाहा नगरपालिका–२ मकवानपुरकी ३९ वर्षीया पार्वती थापामगर छिन् । उनलाई बुधबार राति सतुङ्गलबाट फत्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए ।
उनका अनुसार महिलाको साथबाट जेब्रा झोलाभित्र लुकाइछिपाइ राखिएको लागूऔषध चरेस जस्तो देखिने कालो पत्रदार्थ १२ थान (६ केजी) बरामद गरिएको छ ।
ती महिलालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको बोहराले बताए ।
FACEBOOK COMMENTS