काठमाडौँ । अमेरिकामा दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कलाई गोली हानेर हत्या गरेको आरोप लागेका व्यक्तिले आफ्नो कोठामा नोट छोडेको खुलेको छ ।
अभियोजकहरूले कर्कमाथि गोली चलाएका टेलर रोबिन्सनले उनलाई गोली हान्नु अघि आफ्नो कोठाको कम्पुटरको किबोर्ड मुनी एक नोट छोडेको खुलासा गरेका छन् ।
अभियोजकहरूले उक्त व्यक्तिले आफ्नो कोठा साथीलाई दिएको गोप्य सन्देशमा अपराध स्वीकार गरेको बताएका छन् । २२ वर्षीय टायलर रोबिन्सनमाथि कर्कको हत्या गरेको आरोप छ । युटाका वकिल जेफ्री ग्रेले उक्त व्यक्तिले कम्प्युटर किबोर्ड मुनि आफ्नो कोठा साथीको लागि एउटा नोट छोडेका थिए । सो नोटमा उनले भनेका थिए– ’मसँग चार्ली कर्कलाई मार्ने मौका छ, र म यो गर्नेछु ।’
अभियोजकहरूले दुई कोठा साथीहरू बीचको टेक्स्ट सन्देशहरू पनि प्रस्तुत गरेका छन् । चार्ली कर्क अमेरिकाको सबैभन्दा उच्च–प्रोफाइल रूढिवादी कार्यकर्ता र मिडिया व्यक्तित्वहरू मध्ये एक थिए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र सहयोगी थिए । उनलाई गत बुधबार युटाको एक कलेजमा गोली हानी हत्या गरिएको थियो।
FACEBOOK COMMENTS