एजेन्सी । फ्रान्सका राजा चाल्र्स तृतीयले बुधबार फ्रान्सको पहिलो राजकीय भ्रमण सुरु गरेका छन् । यूरोपेली सङ्घ ९ईयू० बाट बेलायतको बहिर्गमनपछि राजनीतिक तनावका बावजुद क्रस च्यानल गठबन्धनका आधारभूत पक्षहरू बलियो रहेको देखाउने उद्देश्यका साथ पुनः निर्धारित भ्रमण हो ।
चाल्र्सले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयाको निधनमा राजा बनेपछि चाल्र्सको पहिलो विदेश भ्रमण हुने अनुमान गरिएको थियो ।
तर पेन्सन सुधारको विरोधमा फ्रान्समा व्यापक दङ्गा र हडतालका कारण यसलाई स्थगित गरिएको थियो ।
सन् १७८९ को क्रान्तिमा राजतन्त्रको अन्त्य गरी राजालाई मृत्युदण्ड दिएको देशमा राजधानी पेरिस र दक्षिणपश्चिमी शहर बोर्डोको मूल यात्रा कार्यक्रम धेरै हदसम्म परिवर्तन भएको छैन ।
प्रधानमन्त्री एलिजाबेथ बोर्नले राजा चाल्र्स र उनकी पत्नी ९रानी० क्यामिलालाई पेरिसको ओर्ली विमानस्थलमा स्वागत गरे ।
FACEBOOK COMMENTS