काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चाल्स शोभराज शुक्रबार मात्र रिहा हुने भएका छन् । केन्द्रिय कारागार सुन्धाराले बिहिबार नै रिहा गराएर अध्यगमनमा बुझाउने तयारी गरेकाे थियाे ।
तर, शाेभराज भने बिहिबार रिहा नमानेकाे उनका प्रमुख वकिल गाेपाल चिन्तन शिवाकाेटिले जानकारी दिएका छन् । उनी किन बिहिबार छुटन नमानेकाे भन्ने बारेमा उनले केहि खुलाएका छैनन् ।
शिवाकोटीका अनुसार शोभरा बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् । केन्द्रीय कारागारबाट शाेभराज रिहा हुने भएपछि अध्यागमनका कर्मचारीहरु छलफलमा बसेका थिए ।
उनीहरुले शाेभराजलाई कसैको जिम्मामा छाड्ने तयारी गरेका थिए । तर शाेभराजले आफू बाहिर (होटलमा) बस्न इन्कार गरेका शिवाकोटीले बताए । उनले नमानेपछि बिहीबार राति केन्द्रीय कारागारमै राखेर शुक्रबार मात्र अध्यागमन कार्यालयमा लैजाने तयारी भएको हो ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
शिवाकाेटिका अनुसार शाेभराजलाइ शुक्रबार बिहान १० बजे पछि अध्यगमनमा लगेर बुझाउने कार्यक्रम रहेकाे छ ।
FACEBOOK COMMENTS