काठमाडौं । चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई २३१ रनको लक्ष्य दिएको छ ।
जारी आइपिएल अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले गुजरातलाई २३१ रनको लक्ष्य दिएको हो ।
चेन्नईका लागि देवाल्ड ब्रेभिसले सर्बाधिक ५७ रन बनाए भने डेभोन कोनवेले ५२ रन बनाए । त्यस्तै उर्भिल पटेलले ३७ र आयुष महात्रेले ३४ रन बनाएका थिए ।
त्यस्तै गुजरातका बलर प्रसिद्ध कृष्णले २ विकेट लिए भने साइ किशोर, राशिद खान र शाहरुख खानले एक एक विकेट लिए ।
FACEBOOK COMMENTS