नेकपा (एमाले)को केन्द्रीय समिति चयनको चुनावी प्रतिस्पर्धा रोचक र प्रतिस्पर्धात्मक बनेको छ ।
चुनाव सकिएलगत्तै सुरु भएको मतपरिमाण गणनामा ओली पक्ष र ईश्वर पक्षको प्रतिस्पर्धा राम्रो देखिएको छ । यद्यपि, संस्थापन पक्षतर्फकै पल्लाभारी हुने चुनावको प्रारम्भिक नतिजाले देखाएको छ ।
सचिवतर्फको मतपरिणाम हेर्दा प्रतिस्पर्धाको टप थ्रीमा ओली पक्षकै उमेदवारहरू परेका छन् ।
सचिवका प्रतिस्पर्धीमध्येको हालसम्म छविलाल विश्वकर्माले सबैभन्दा बढी ३११ मत पाएका छन् ।
यस्तै, दोस्रोमा महेश बस्नेतले पनि ३११ मत र पद्माकुमारी अर्यालले ३०५ मत पाएकी छिन् ।
सचिवका उमेदवारले पाएका प्रारम्भिक मत
अग्नि प्रसाद खरेल – १४९
इन्द्रलाल साप्कोटा – ७४
कर्णबहादुर थापा – १६६
कृष्ण गोपाल श्रेष्ठ – ११४
खगराज अधिकारी – २७९
गोकुल प्रसाद बास्कोटा – १९२
छविलाल विश्वकर्मा – ३११
ठाकुर प्रसाद गैरे – १७५
पद्मा कुमारी अर्याल – ३०५
पुर्सोतम पौडेल – ८६
पेम्वा लामा – ८५
भानुभक्त ढकाल – २२५
महेश बस्नेत – ३११
यमलाल कडेल – २६९
रचना खड्का – १६९
राजन भट्टराइ – २३६
लाल बाबु पण्डित – ७३
विनोद प्रसाद ढकाल – १४८
शेरधन राई – ३००
हिक्मत कुमार कार्की – २७४

FACEBOOK COMMENTS