काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी तिब्र रुपमा भैरहेको छ ।
काठमाडौँको गौरीघाटमा पनि छठ पर्वको तयारी भैरहेको छ । छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाइ र सजावटको कार्य धमाधम भैरहेको छ । ८० प्रतिशत तयारी सम्पन्न भएपनि अझै काम पुरा हुन बाँकी रहेको आयोजक पक्षले जनाएको छ ।
घाटमा टेन्ट टाँग्ने काम, बार लगाउने, बत्ती जडान गर्ने, नदीको सफाई गर्ने काम सम्पन्न भएको छ । घाटलाई फूलले सजाउने, स्वागत गेट बनाउने, छठ माताको मूर्ती स्थापना गर्ने काम बाँकी रहेको छ । गौरीघाटमा ६१० स्टलहरू तयार पारिँदै छन् ।
उक्त स्टल प्रयोग गर्न प्रति व्यक्तिले १५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । खासगरी, तराईमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ ।
यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ । छठ पर्व अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइन्छ ।






FACEBOOK COMMENTS