काठमाडौं । छठ पर्व मान्नेहरुले आज (बुधबार) अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गर्ने परम्परा रहेको छ ।
मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने काम सूर्यले नै गरेको भन्दै पुजा गर्ने प्रचलन रहेको छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठी तिथिमा मनाइने यो पर्वमा किसानले खेतबारीमा उत्पादित सामग्रीले अर्घ दिने गर्दछन् ।
सूर्यास्तका बेला जलाशयमा उभिएका ब्रतालुले सूर्यलाई अर्घ चढाउँछन् । भोलिपल्ट उदाउँदो सूर्यको पूजा गरिन्छ । जल र जलाशयबिना छठ पर्व मनाइँदैन । छठपूजनका लागि पोखरी,तलाउ,सरोवर,नदी नै चाहिन्छ ।
पहिला तराई–मधेस क्षेत्रमा मात्रै सीमित रहेको यो पर्व पछिल्लो समयमा काठमाडौंका साथै अन्य पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । यो पर्व अब सबैको साझा बन्न थालेको छ ।
FACEBOOK COMMENTS