काठमाडौं । नेपालको तराई मधेश अर्थात मिथिलाञ्चल क्षेत्रमा मनाइने निकै महत्वपूर्ण पर्व छठ मनाउन सुरु भएको छ ।
आजदेखि यो पर्व सुरु भएको हो । कार्तिक शुक्ल चतुदर्शीका दिनदेखी सुरु भएको छठ पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ । सोमबार अर्थात पहिलो दिन सरसफाइ गरेर शुद्ध खान प्रचलन रहेको छ ।
पहिलो दिन एक छाक मात्रै खाइन्छ । खानामा मासु, लसुन, प्याज, माछा लगायतका खाने कुरा खाइदैन । यो पर्व मनाउनेले छठी माईको पूजा गर्ने गरिन्छ ।
यो पर्व तराई मात्रै नभएर काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा पनि मनाउन थालिएको छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घदिइ पूजा गरी यो पर्व मनाइन्छ ।
FACEBOOK COMMENTS