काठमाडौं । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर सकिएको छ ।
बिहीबार बिहान उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पछि यो पर्व सम्पन्न हुने गरेको छ । छठमा पहिलो दिन नुहाउने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र अन्तिम दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुने गरेको छ ।
यो पर्व नदी, तलाउ, पोखरीमा मनाइने गरिन्छ । पहिला तराइका जिल्लामा मात्रै मनाईने यो पर्व अहिले काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा पनि मनाइन थालेको छ ।
FACEBOOK COMMENTS