धनगढी । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर छाउगोठ भत्काउन निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सोमबार जिल्लाका सबै ९ स्थानीय तहलाई पत्र पठाउँदै परम्परागत रूपमा जरा गाडेर बसेको छाउपडीजस्तो सामाजिक कुप्रथा अन्त्य गर्न अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
जिल्ला समन्वय समितिको कार्यालय कञ्चनपुरलाई समेत बोधार्थ दिइएको पत्रमा समाजमा अझै गहिरो गरी जरा गाडेर बसेको छाउपडी प्रथालाई विधिवत् अन्त्य गर्ने अभियानमा सबै तहको समन्वय आवश्यक भएको उल्लेख गरिएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगाली टोलमा २८ वर्षीया कमला आउजी दमाईको सर्प दंशबाट छाउगोठमा मृत्यु भएको घटनापछि जिल्ला प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको छ ।
संघीय संसदमा पनि सांसदहरुले छाउगोठ प्रथाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।
FACEBOOK COMMENTS