काठमाडौँ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाकाको वडा नम्बर–२ मा हुँदै नभएको घर छ भनी नक्सा तयार गरी जग्गा–घर धितोमा राखी लक्ष्मी सनराईज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको र उक्त कार्य गर्नका लागि जग्गाधनी, प्रमुख प्रशासकीय अधिकृतसमेतका कर्मचारीहरुले मिलोमतो गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरिएको जनाएको छ ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव– इन्जिनियर तेज बहादुर सुनार र वडा नम्बर २ बस्ने जग्गाधनी शान्ती नाथविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS