कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गौतमबुद्धका दर्शनले नेपाल ज्ञान र चिन्तन परम्पराको उच्च भूमि रहेको तथ्यलाई प्रष्ट्याएको बताएका छन् ।
विश्वशान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको बताइएको हो ।
उनले आज एक शुभकामना सन्देश जारी गर्दै भनेका छन्, नेपाली भूखण्ड प्राचीनकालदेखि नै ज्ञान र चिन्तन परम्पराको उच्च स्थान रहेको तथ्यलाई बुद्धका विचारले स्पष्ट पार्दछन्, अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले बुद्धका विचार विश्वभर नै धेरै लोकप्रिय हुन सकेका हुन्, बुद्ध जयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रुपमा लिनुपर्दछ ।
यो महत्वपूर्ण दिनले हामी सबैमा भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन अभिप्रेरित गर्ने मैले विश्वास लिएका बताउनुभएका मुख्यमन्त्री कँडेलले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुसरण गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ भएर विश्वशान्तिका लागि मद्दत पुग्नेछ भन्ने लागेको जनाएका छन् ।
FACEBOOK COMMENTS