जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई संबिधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यसअघि यादवले ६ राजनीतिक दलका ७७ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन् ।
बुधबार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपछि प्रदेस प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार ५ बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न आव्हान गरेका थिए ।
प्रदेश प्रमुख लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।


FACEBOOK COMMENTS