काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई अनुशासनको कारबाही गर्ने तयारी भएको छ ।
मुख्यमन्त्री सिंहले पदबाट राजीनामा नदिँदा जनमत पार्टीले उनलाई अनुशासनको कारबाही गर्न सिफारिस गर्ने तयारी गरेको हो ।
जनमत पार्टी मधेस प्रदेशको संसदीय दलले मुख्यमन्त्री सिंहलाई अनुशासनको कारबाही गर्न पार्टीको केन्द्रीय समितिलाई सिफारिस गर्ने तयारी भएको जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा पार्टीको निर्देशनअनुसार सिंहले फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका थिए, तर पछि राजीनामा दिन अस्वीकार गरेपछि पार्टीले कारबाहीको बाटो अघि बढाएको संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।
FACEBOOK COMMENTS