काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।
अहिले गृह, सञ्चार तथा कानून मन्त्रालयमा बैठक चलिरहेको छ । प्रदेशको आगामी सुरक्षा रणनीति तयारीस्वरुप बैठक बोलाएको बुझिएको छ ।
बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सहभागी छन् । त्यस्तै, प्रदेशका विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिहरुको समेत सहभागीता रहेको छ ।
यसअघि मुख्यमन्त्री यादवले बिहान पत्रकार सम्मेलन गरी आफूमाथि सुरक्षा थ्रेट रहेको बताएका थिए ।
FACEBOOK COMMENTS