काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा बोल्दै उनले संविधानको धारा १८२ को उपधारा २ अन्तर्गतको व्यवस्थाअनुसार बहुमत नरहेकाले आफूले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
आचार्यले आज नै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने बताएका छन् । प्रदेशसभामा आज विश्वासको मत लिने कार्यक्रम थियो ।
विश्वासको मत लिनुअघि सांसदमा बोल्दै आचार्यले जनताको चाहना आफू नेतृत्वको सरकार नै भए पनि संसदको अंक गणित प्रतिकूल भएकाले राजीनामा दिएको बताए ।उनी भदौ १० गते मुख्यमन्त्री बनेका थिए । आचार्यको कार्यकाल ६७ दिनको रह्यो ।
FACEBOOK COMMENTS