पोखरा मंसिर २,प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । प्रदेश सभामा मुख्यमन्त्री राईले कांग्रेस, माओवादी केन्द्र लगायतको सर्मथन पाएका हुन् । बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन् । कुल खसेको ७९ मत मध्ये २९ मत उनको विपक्षमा खसेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका ३९ मध्ये १० जना सांसद अनुपस्थित भए । ४१ जना सांसद रहेको नेकपा एकालेका एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो । पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।
FACEBOOK COMMENTS