उमङ्ग जङ्ग पराक्रम शाह । जब एउटा सानो बच्चाले बोल्न सिक्दै गर्दा दिइएको निर्देशनलाई बुझ्न गाह्रो महसुस गर्छ, वा अन्य बालबालिकाहरूसँग सामाजिक सिपको प्रयोग गर्दै खेल्न जान्दैन, या यस्तै–यस्तै विविध विषयवस्तु उपर संघर्ष गर्न थाल्दछ, तब अनुत्तरित प्रश्नहरू मस्तिष्कमा खेलाउँदै परिवारको दौडधुप सुरु हुन्छ।
एउटा परीक्षणबाट अर्को परीक्षणसम्म पुग्दा तिनका कति निष्कर्ष अलमलाउने हुन्छन्, त कति निराश बनाउने पनि। अझ कहिल्यै नसुनेका नामकरणहरू सुन्नुपर्दा अभिभावकहरूको चिन्ताको सीमा कहाँ पुग्छ भन्ने कुराको नापतोल नै हुँदैन।
कुनै पनि समस्या विशेषज्ञताको चश्माबाट निकै जटिल र महत्त्वपूर्ण रूपमा हेरिन र समालिनुपर्ने हुनसक्ला, त्यसलाई नकार्न पनि सकिँदैन, तर सामान्य रूपमा अभिभावकहरूले खोज्ने भनेको मेरो बच्चाले कसरी सिक्दैछ, पढ्दैछ, वा हामीले दैनिक जीवनमा हाम्रो बच्चालाई सहयोग गर्न के–के गर्न सक्छौँ भन्ने नै प्राय: हुन्छ।
ठ्याक्कै त्यस्तै, विश्वव्यापी रूपमा हेर्ने हो भने केही समय यता प्रारम्भिक बाल्यकालसँग सम्बन्धित शिक्षा वा विकाससम्बन्धी सहायता र हस्तक्षेपहरू यिनै सधैंजसो परिवार र बच्चाले दैनिक जीवनमा बेहोर्ने आधारहरूकै वरिपरि केन्द्रित हुँदै गइरहेका छन्।
विकासलाई जाँचसूचीमा आधारित एकाकी वा पृथक क्षमताका रूपमा होइन, बरु दैनिक जीवनमा व्याप्त सामाजिक–पारिवारिक सम्बन्ध, जीवनतालिका र अर्थपूर्ण भागीदारितालाई आजको परिवेशमा बढी महत्त्व दिन थालिएको छ।

प्रारम्भिक बालविकासमा दैनिक जीवनमै महसुस गर्न सकिने तथा व्यावहारिक आधार भएका सहायताहरू समस्यामा–केन्द्रित हस्तक्षेपभन्दा भिन्न र निकै फलदायी हुनसक्छन्। “मेरो बच्चा किन ढिलो सिकिरहेको छ?” भन्ने प्रश्न बुझ्नु जरुरी छ, तर त्योभन्दा पनि बढी महत्वपूर्ण कुरा भनेको, मेरो बच्चालाई

FACEBOOK COMMENTS