काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले आफ्नो शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
हिजो शुक्रबार सम्पन्न साधारण सभाले कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र नगद लाभांश पाँच प्रतिशतसहित १५ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको सञ्चालक पदमा सर्वसाधारण समूहबाट चार जनालाई निर्वाचित पनि गरेको छ । प्राधिकरणको पूर्व उपकार्यकारी निर्देशकसमेत रहेकी शान्तिलक्ष्मी शाक्यलाई दोस्रो कार्यकालका लागि सञ्चालक पदमा निर्वाचित गरेको छ । यस्तै, तुलसीराम ढकाल, रामप्रसाद रिमाल र भीमप्रसाद तिमल्सिनालाई पनि सञ्चालकमा निर्वाचित गरेको छ ।
रिमाल र तिमल्सिनालाई तेस्रो कार्यकालका लागि र ढकाललाई चौथो कार्यकालका लागि निर्वाचित गरेको हो । रिमाल हाल प्राधिकरणका कर्मचारी पनि हुन् ।
त्यस्तै, बैठकले सञ्चालकहरुको बैठक भत्ता र मासिक भत्तामा वृद्धि गरेको छ ।
FACEBOOK COMMENTS