बेइजिङ, ५ भदौ । छिमेकी मुलुक चीनमा एक दम्पतिले तीन जनासम्म सन्तान जन्माउन पाउने भएका छन् ।
चिनियाँ सरकारले हिजो शुक्रबार ‘थ्री–चाइल्ड पोलिसी’लाई आधिकारिक मान्यता दिएको छ । जन्मदरमा कमी आएपछि सरकारले यस्तो नियम ल्याएको हो ।
साथै, सरकारले नागरिकलाई बच्चा जन्माउन प्रेरित गर्न आर्थिक सहायता पनि दिने भएको छ । बच्चाको शिक्षा तथा पालनपोषणको बोझ अभिभावकलाई पर्न नदिन सरकारले मद्दत पनि गर्ने भएको छ ।
‘वान चाइल्ड पोलिसी’ लागू भएको तीन दशकमा चीनले ४० करोड जनसंख्यालाई रोक्न सकेको छ । चीनमा १० वर्षमा एकपटक जनगणना हुने गरेको छ । पछिल्लो दशकमा त्यहाँको जनसंख्या वृद्धिदर निकै सुस्त भइरहेको छ । पाँच वर्षमा नै चीनले टु–चाइल्ड पोलिसीमा परिवर्तन गरेको हो ।
FACEBOOK COMMENTS