काठमाडौं । चीन सरकारले जाजरकोट भूकम्पपीडितका लागि उपलब्ध गराउने भनेको १० करोड बराबरको सहायता सामग्री आज राति काठमाडौं आइपुग्ने भएको छ ।
चिनले १० करोड मूल्य बराबरको सामान पठाएको छ । जसमा २३०० ठूलो टेन्ट, २ हजार ब्लांकेट, ७०० त्रिपाल र ५०० स्प्रे पठाएको छ । जनवादी गणतन्त्र चीन सरकारको सहयोगमा ल्याएको सामान चीनको जिलोङ काउन्टीबाट रसुवा हुँदै आज रातिसम्म काठमाडौं ल्याइने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
शनिबार नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गरेका थिए ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । अहिले पनि पराकम्पन आउने क्रम जारी छ ।
FACEBOOK COMMENTS