काठमाडौं । सैन्य अभ्यास थालेको चीनले ताइवान नजिक दुई वटा मिसाइल प्रक्षेपण गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरिएको हो । चिनियाँ ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
यसैबीच चिनियाँ गतिविधि नजिकबाट नियालिरहेको ताइवानले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर आफूहरुले युद्ध नचाहेको जनाएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको हाे । यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।
अमेरिकी सभामुख पेलोसीले गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । ताइवानका शीर्ष नेताहरुसँग भेटवार्ता गरी त्यहाँबाट उनी बुधबार फर्किएकी थिइन् । यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ ।
FACEBOOK COMMENTS