काठमाडौँ । चीनका पूर्व कृषिमन्त्री ताङ रेजियानलाई भ्रष्टाचारको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले २००७ देखि २०२४ सम्म विभिन्न पदहरूमा रहँदा करोडौंभन्दा बढीको घूस नगद र सम्पत्तिमा लिएका थिए ।
यद्यपि, उनलाई दुई वर्षको राहत दिइएको छ । अदालतले ताङको राजनीतिक अधिकार खोसिएको फैसला सुनायो । अदालतले ताङको सबै सम्पत्ति जफत गरिने र घुसखोरीबाट सङ्कलन गरिएको रकम फिर्ता गरी राष्ट्रिय कोषमा जम्मा गरिने बताएको छ ।
अदालतले घुसखोरीले देश र सार्वजनिक हितलाई ठूलो क्षति पुर्याएको बताएको छ, त्यसैले ताङलाई मृत्युदण्डको सजाय सुनाइएको छ । ताङले आफ्नो अपराध स्वीकार गर्दै पश्चाताप व्यक्त गरेका छन् ।
यो सजाय राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरोधी अभियानको एक हिस्सा हो, जसको परिणामस्वरूप धेरै प्रमुख नेताहरूलाई दोषी ठहराइएको छ । समर्थकहरूले अभियानले स्वच्छ शासनलाई प्रवद्र्धन गर्ने
बताएका छन्, जबकि आलोचकहरूले यसलाई सीका राजनीतिक विरोधीहरूलाई हटाउने उपकरणको रूपमा हेर्छन् । ताङले यसअघि गान्सु प्रान्तको गभर्नर र गुआङ्सी स्वायत्त क्षेत्रको उपाध्यक्षको रूपमा काम गरिसकेका छन् ।
FACEBOOK COMMENTS