काठमाडौँ । चीनको एउटा प्रमुख नदीमाथि निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा १२ जना कामदारको मृत्यु भएको छ । मिडिया रिपोर्टका अन्सुआर दुर्घटनामा अन्य चार जना बेपत्ता भएका छन् ।
सरकारी सिन्ह्वा समाचार एजेन्सीले खिचेको हवाई तस्बिरमा पुलको ठूलो भाग हराएको देखाइएको छ । पुलको डेकको बाङ्गो भाग तल नदीमाथि झुण्डिएको छ ।
सिन्ह्वाका अनुसार, उत्तरपश्चिम चीनको छिंगहाई प्रान्तमा पुलमा १६ जना कामदार काम गरिरहेको बेला स्टीलको केबल चुँडिएर दुर्घटना भएको बताइएको छ । रिपोर्टका अनुसार, पुल १।६ किलोमिटर लामो छ । यसको डेक तल नदीको सतहबाट ५५ मिटर माथि रहेको छ ।
FACEBOOK COMMENTS