काठमाण्डौ । तिहारमा चिनीको अभाव कम गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खुद्रा व्यापारीहरुलाई चिनी बिक्री सुरु गरेको छ। आईतबारदेखि खुद्रा व्यापारी र मिठाइ पसलहरुलाई चिनी उपलब्ध गराउन थालिएको कर्पोरेशनले जनाएको छ । खुद्रा ब्यापारीहरुलाई ५० किलोका पाँच बोरासम्म चिनी बिक्रीवितरण भइरहेको कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले बताएका छन्।
त्यसका लागि व्यवसाय दर्ताको सक्कल प्रमाणपत्र र प्यान÷भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि, पसल रहेको स्थान र मुख्य व्यक्तिको नाम तथा सम्पर्क नम्बर आवश्यक पर्ने छ। उनीहरुलाई कर्पोरेशको कार्यालय कालिमाटीबाट प्रतिकेजी १ सय १२ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरिएको प्रबन्धक झाले बताए। उनका अनुसार उनीहरुले उपभोक्तालाई बढीमा १ सय १८ रुपैयाँ केजीमा सुलभ तरिकाले चिनी उपलब्ध गराउनुपर्नेछ।
प्रबन्धक झाका अनुसार व्यक्तिगत प्रयोजनका लागि भने कर्पोरेसनले प्रतिकेजी ९७ रुपैयाँमा बढीमा २ केजीका दरले चिनी उपलब्ध गराइरहेको । उनका अनुसार तिहारलाई लक्षित गरी एभरेष्ट चिनी मिलसँग एक हजार टन चिनी खरिद गरी बिक्रीवितरण थालिएको हो।
FACEBOOK COMMENTS